
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५५७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५२२ जना र एन्टिजन परिक्षण गर्दा ३५ जना गरि जम्मा ५५७ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । पछिल्लो २४ घण्टामा ८७७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३४८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ६२५ जनाको कोरोना परिक्षण गरेका थिए भने ७ हजार ५७६ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस