aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७७६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ६७३ जना र एन्टिजन परिक्षण गर्दा १०३ जना गरि जम्मा ७७६ जना नयाँ संक्रमित थपिएका हुन् ।                          

त्यस्तै, पछिल्लो २४ घण्टामा ५०१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३६१ रहेको छ ।    

 पछिल्लो २४ घण्टामा १० हजार ८६४ जनाको कोरोना परिक्षण गरेका थिए भने ५ हजार ६१० जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ ।       
 

प्रतिक्रिया दिनुहोस