
काठमाडौं । आजदेखि काठमाडौंमा कोरोना भाइरसविरूद्ध अष्ट्राजेनेका खोप लगाइने भएको छ। पहिलो मात्रा अष्ट्राजेनेका खोप लगाइसकेकालाई आजदेखि दोस्रो मात्राको खोप दिन लागिएको हो।
काठमाडौं महानगरका अनुसार आज काठमाडौंका विभिन्न अस्पताल र बुधबार काठमाडौं महानगरका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाइने भएको हो । वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा खोप केन्द्र तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस