aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ कार्तिक २०७८
बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

बैतडी । बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो । खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । खोप अभियानअन्तर्गत आज र भोलि पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए । यस्तै कात्तिक १० र ११ गते शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप लगाइनेछ ।

यस्तै कात्तिक ११ र १२ गते पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । कात्तिक १४ र १५ गते सिगास गाउँपालिका र डिलासैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रत्येक वडाका खोप केन्द्रमार्फत खोप लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अपनाउन सबैमा आग्रह गरिएको छ ।  खोप लगाउन जाँदा भेरोसेल खोपको पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा लैजान भनिएको छ । बैतडीमा हालसम्म ६१ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको छ । कोरोनाकै कारण यहाँ एक स्वास्थ्यकर्मीसहित १८ जनाको ज्यान गइसकेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस