aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप ६७२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० कार्तिक २०७८
थप ६७२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६७२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५८२ जना र एन्टिजन परिक्षण गर्दा ९० जना गरि जम्मा ६७२ जना नयाँ संक्रमित थपिएका हुन् ।                                

त्यस्तै, पछिल्लो २४ घण्टामा ४९५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ८ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३८० रहेको छ ।  

पछिल्लो २४ घण्टामा ९ हजार ४९५ जनाको कोरोना परिक्षण गरेका थिए भने ७७ हजार २०७ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।         
 

प्रतिक्रिया दिनुहोस