aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
ऋण काढेर माथिल्लो तामाकोशीमा शेयर हाल्ने दोलखाली नराम्ररी डुबे, सनराइज क्यापिटलले अझै पैसा फिर्ता दिएन, लगानीकर्ता निराश

ऋण काढेर माथिल्लो तामाकोशीमा शेयर हाल्ने दोलखाली नराम्ररी डुबे, सनराइज क्यापिटलले अझै पैसा फिर्ता दिएन, लगानीकर्ता निराश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ मंसिर २०७५
ऋण काढेर माथिल्लो तामाकोशीमा शेयर हाल्ने दोलखाली नराम्ररी डुबे, सनराइज क्यापिटलले अझै पैसा फिर्ता दिएन, लगानीकर्ता निराश

काठमाडौं, मंसिर १६ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सर्वसाधारणले शेयर भरेको रकम बैंक तथा वित्तीय संस्थाले शेयर आवेकको खातामा फिर्ता गरिसके पनि स्थानीयबासीले अझै फिर्ता पाउन सकेका छैनन् ।

आम सर्वसाधारणलाई गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म शेयर आवेदन गर्ने समय तोकिएको थियो । शेयर आवेदनकर्तालाई बैंक तथा वित्तीय संस्थाले लक गरेको रकम फिर्ता गरिसकेका छन् ।

शेयर पर्नेको परेको जति रकम कट्टा गरेर अरु रकम फिर्ता भएको छ । तर, गत साउनमा आवेदन दिएका दोलखाबासीका धेरैजसो रकम अझै पनि फिर्ता हुन सकेको छैन ।

विशेष गरी सन्राइज क्यापिटल र सन्राइज बैंकको बीचमा देखिएको प्राविधिक समस्याका कारण शेयर अवोदन गर्दा बुझाएको रकम फिर्ता हुन नसकेको हो ।

रकम फिर्ता नभएपछि ऋण काढेर शेयरमा लगानी गरेको दोलखाबासी नराम्ररी समस्यामा परेका छन् । धेरैजसो लगानीकर्ता आजकल नागरिक लगानी कोष र सनराइज क्यापिटलमा धाउँदा धाउँदै हैरना भएका छन् ।

एक स्थानमाबाट अर्को स्थानमा जा, अर्कोबाट अर्कोमा भन्दै सनराइज क्यापिटलले हैरान पारेको उनीहरुको भनाइ छ । ऋण काढेर फाइदा होला भनेर माथिल्लो तामाकोशीको शेयरमा लगानी गर्याै, अहिले पैसा फिर्ता लिन झन् हैरानी खेप्नु परेको छ, दोलखा नाम्दुमा शंकर कार्कीले भने । सन्राइज बैंक र सन्राइज क्यापिटलले आफूहरुलाई दुःख दिएको उनको भनाइ छ ।

यस्तै दोलखा फुस्कुका कासु काकीृ पनि त्यसका अर्का उदाहरण हुन । उनले समेत माथिल्लो तामाकोशीमा शेयर लगानी गर्दा बैंकलाई बुझाएको रकम अझै फिर्ता पाउन सकेका छैनन ।

डिम्याट खाता नभए पनि शेयर भर्न पाउने, जहाँबाट पनि शेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएका कारण आम दोलखाबासीले कुल पूँजीको १० प्रतिशत अर्थात् एक अर्ब पाँच करोड बराबरको शेयरमा लगानी गरेका थिए ।

अन्य बैंक तथा वित्तीय संस्थाले शेयर नपरेको बाहेक अन्य रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिए पनि सन्राइज बैंक र सन्राइज क्यापिटलले फिर्ता दिन सकेका छैनन् ।

दुई महिना बित्न लाग्दा समेत शेयरमा लगानी गरेको रकम फिर्ता नपाउँदा उनीहरु समस्यामा परेका छन् । तामाकोशीको शेयरका लागि सहकारीबाट ऋण लिएर आवेदन दिनेहरु पनि उल्लेख्य मात्रामा रहेका छन् ।

न्यूनतम १६ प्रतिशतदेखि अधिकतम् २० प्रतिशतसम्म ब्याजमा लिएको रकम फिर्ता नहुँदा उनीहरु चरम समस्यामा परेका छन् ।

आयोजनाको शुरुवाती चरणमा सबै दोलखाबासी करोडपति हुने भनेर फैलाइएको हल्ला समेत गलत सास्ती भएको भन्दै दोलखाबासीलाई माथिल्लो तामाकोशीको शेयर हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै भएको छ ।

सर्वसाधारण समूहमा शेयर आवेदन गर्नेले न्यूनतम ५० कित्ता शेयर पाए पनि दोलखाबासीले न्यूनतम ३४ कित्ता मात्रै शेयर पाएका छन् । जसका कारण दोलखाबासीको करोडपति बन्ने सपना शेयर बाँडफाँडसँगै हराएको छ ।

तामाकोशीको शेयर बाँडफाँड हुने बित्तिकै पैसा फिता पाइएला भन्ने सोचमा रहेका सयौं दोलखाबासी यतिखेर सनराइज क्यापिटल, नागरिक लगानी कोषको कार्यालय धाउँदा धाउँदै हैरान भएपनि ती बैंक तथा मर्चेन्ट बैंकले हालसम्म सही सूचना दिन सकेका छैनन ।

सूचना पनि दिँदैन, किन आएन पनि भन्दैनन्,आज आउनुस् भोलि आउनुस भनेर हैरान मात्रै पारेका छन्, लौ हामी त के गर्ने होला सहकारीलाई व्याज तिर्दा तिर्दा हैरान हुने भइयो, चरिकोटका राम बस्नेतले सनरइज क्यापिटल परिसरमा भने ।

सह बिक्रीप्रबन्धक रहेको सन्राइज क्यापिटलले भने केही ग्राहकको बाहेक अरु सबैको रकम फिर्ता गरिसकेको दाबी गरेको छ ।

माथिल्लो तामाकोशीले आयोजना प्रभावितलाई गत असार १६ गतेदेखि भदौ २१ गतेसम्म शेयरमा अवोदन दिने मिति तोकेको थियो । शेयर बाँडफाँड गत कात्तिक १४ गते गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस