
एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ। बिबादबीच फेसबुकले सेप्टेम्बरसम्मको तीन महिनामा ठूलो नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलब ८ अर्ब डलर थियो।
तर, एपलको प्रणालीमा आएको नयाँ अपडेटका कारण फेसबुकलाई लक्षित समूहसम्म विभिन्न ब्रान्डका विज्ञापन पठाउन कठिन भएको थियो। एक जना पूर्व कर्मचारीले फेसबुकमाथि अनैतिक व्यवहारहरूको आरोप लगाइरहँदा उसको नाफा भने अझै बढेको देखिएको हो। फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताहरूको सुरक्षा भन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाउँदै एउटा आन्तरिक कागजातको विवरण सार्वजनिक गरेकी थिइन्।
साथै, फेसबुकले सेप्टेम्बर ३० सम्मको १२ महिनामा आफ्ना प्रयोगकर्ताहरू ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको जनाएको छ। बीबीसी
प्रतिक्रिया दिनुहोस