aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

थप ५९१ जनामा कोरोना संक्रमण, ६६४ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
थप ५९१ जनामा कोरोना संक्रमण, ६६४ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५९१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५२७ जना र एन्टिजन परिक्षण गर्दा ६४ जना गरि जम्मा ५९१ जना नयाँ संक्रमित थपिएका हुन् ।                                

त्यस्तै, पछिल्लो २४ घण्टामा ६६४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३८२ रहेको छ ।           

पछिल्लो २४ घण्टामा ११ हजार ३५५ जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख एक हजार ४७५ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेको छ ।          

प्रतिक्रिया दिनुहोस