aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वको मूल्यवान ब्राण्ड बन्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ कार्तिक २०७८
एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वको मूल्यवान ब्राण्ड बन्यो

एजेन्सी ।  शुक्रबार माइक्रोसफ्टको शेयरको मूल्य २.२ प्रतिशत बढेर शेयरको बजार पुँजीकरण २४ खर्ब ९० अर्ब डलर पगेको छ। जबकी एप्पलको शेयर भाउ भने शुक्रबार १.८ प्रतिशतले घटेर बजार पुँजीकरण २४ खर्ब ६० अर्ब डलर छ।  यसका कारण विश्वको मूल्यवान ब्राण्ड कम्पनी माइक्रोसफ्ट बन्न सफल भएको छ । 

गत वर्ष जुलाई २०२० मा यो बजार क्यापमा तेल कम्पनी साउदी अराम्कोलाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक रूपमा व्यापार गर्ने कम्पनी बनेको छ । माइक्रोसफ्टले पछिल्लो पटक २०२० मा मार्केट क्यापमा एप्पललाई उछिनेको थियो। त्यसबेला पनि कोरोना महामारीका कारण आपूर्ति श्रृंखला प्रभावित भएको थियो । माइक्रोसफ्ट स्टक यस वर्ष ४५ प्रतिशतभन्दा बढी छ। योसँगै एप्पलको शेयर १५ प्रतिशत मात्रै बढेको छ ।

महामारीको समयमा माइक्रोसफ्टको क्लाउडमा आधारित सेवाको माग निकै बढेको थियो । जसका कारण यसको स्टकमा यस्तो वृद्धि भएको थियो । माइक्रोसफ्ट जुनमा पहिलो पटक २ ट्रिलियन डलर बजार क्यापभन्दा माथि बन्द भयो।

प्रतिक्रिया दिनुहोस