aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो ।

यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस