aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

खोप लगाएका पर्यटकलाई इजरायलमा प्रवेश खुल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
खोप लगाएका पर्यटकलाई इजरायलमा प्रवेश खुल्ला

जेरुसेलम । खोप लगाएका पर्यटकलाई सोमबारदेखि इजरायल प्रवेश खुल्ला गरिएको छ । कोरोनाभाइरसको महामारीका कारण विदेशी पर्यटकहरूलाई देश प्रवेश बन्द गरिएकोमा झन्डै २० महिनापछि प्रवेश खुल्ला गरिएको हो । 

पर्यटकहरूलाई खुल्ला गरिएसँगै महामारीका कारण सङ्कटमा परेको देशको अर्थतन्त्र उकास्न केही सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरकारले विदेशी पर्यटकहरूलाई इजरायल आउन दिने भएपछि व्यवसायीहरू खुशी भएको समाचारमा जनाइएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस