aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

ढकालले पाए राखेपको निमिक्त सदस्य सचिवको जिम्मेवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
ढकालले पाए राखेपको निमिक्त सदस्य सचिवको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु राज ढकाललाई दिईएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई निमिक्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए । 

मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को ब्यवस्था नहुदाँसम्मकोलागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिर्ईएको पोखरेलले बताए । 
 

प्रतिक्रिया दिनुहोस