aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

थप ४६९ जनामा कोरोना संक्रमण, ५५५ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
थप ४६९ जनामा कोरोना संक्रमण, ५५५ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४६९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४२२ जना र एन्टिजन परिक्षण गर्दा ४७ जना गरि जम्मा ४६९ जना नयाँ संक्रमित थपिएका हुन् ।                                

त्यस्तै, पछिल्लो २४ घण्टामा ५५५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ११ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४२७ रहेको छ ।    

पछिल्लो २४ घण्टामा १० हजार २८७ जनाको कोरोना परिक्षण गरेका थिए भने ८० हजार ८१८ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस