aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

रियलमीले नेपाली बजारमा ‘जीटी नियो २’ फोन ल्याउँदै, यस्तो छ मूल्य र विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
रियलमीले नेपाली बजारमा ‘जीटी नियो २’ फोन ल्याउँदै, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । तिव्र गतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कार्तिक २४ गते ल्याउने घोषणा गरेको छ । यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुनेछ ।

जीटी सिरीज रियलमीको फ्लागसिप सिरीज अन्तर्गत पर्दछ जसमा प्रविधि प्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् । अधिकाँश स्मार्टफोनहरुले जीटी सिरीजको फ्लागसिप को व्यापक अनुभव गराउन सक्दैनन् । रियलमीले यस किसिमका प्रयोगकर्ताहरुको माग पुरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरीज लिएर आउँदैछन् । चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाख भन्दा धेरै विक्री भइसकेको छ ।  

नियो फ्लागसिप किलर जसरी प्रस्तुत गरिएको रियलमी जीटी सिरीज को रियलमी जीटी नियो २ मा क्वालकम स्नापड्रागन ८ सिरीज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ्ग सिस्टम, अल्ट्रा– हाइ नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ जसको घोषणा सामाजिक सञ्जाल मार्फत रियलमीका को सीएमओ र चेसले गरेको थियो ।  

डिजाइन सधैं रियलमी जीटी सिरीजको महत्वपुर्ण पक्ष रहेको छ, र यसपटक  रियलमी जीटी नियो २ उच्च प्रविधि र जीवन्नतताको अवधारणा प्रस्तुत गर्नको लागि आकर्षक रंग नियो ग्रीनमा उपलब्ध हुनेछ ।

मूल्य घटाउनको लागि जीटी नियो २ ले गुणस्तरमा सम्झौता गर्दैन । सुपथ मूल्यमा समग्र रुपमा सुझबुझका साथ फरक दृष्टिकोण लिएर फ्लागसिप को आकर्षक अनुभव प्रदान गराउँदै उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन उपलब्ध गराउँदैछ । 
 

प्रतिक्रिया दिनुहोस