aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

नेपालको डिजिटल अर्थतन्त्रका लागि ह्वावेको पहल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ कार्तिक २०७८
नेपालको डिजिटल अर्थतन्त्रका लागि ह्वावेको पहल

- विलियम झाङ 

ह्वावे सूचना र सञ्चार प्रविधि (ICT) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी विश्वव्यापी प्रदायक हो। नेपालको प्रमुख टेलिकम अपरेटरहरूको रणनीतिक साझेदारको रूपमा ह्वावेले विगत २१ वर्षदेखि नेपाली जनताको सेवामा लागिरहेको छ । हामीले नेपालमा टुजी, थ्री जी  र फोजीको सुरुवात गर्ने पहिलो थियौँ। पछिल्ला केही वर्षहरूमा, हामीले इन्टरप्राइजेज डोमेनमा पनि प्रवेश गरेका छौँ। 

हामी अब नेपाली बजारमा हाम्रा नवीनतम फिक्स ब्रोडब्यान्ड उत्पादनहरू र समाधानहरू प्रस्तुत गर्न आईएसपीहरूसँग साझेदारी गर्दैछौं। हामीले सरकारी संस्थान, निजी व्यवसाय, वाणिज्य बैंक र मिडिया कम्पनीहरूको डिजिटल रूपान्तरणमा पनि सहयोग गर्दै आएका छौँ। हाम्रो पब्लिक क्लाउड व्यवसाय नेपालमा निरन्तर बढ्दै गएको छ। हामी प्रत्येक व्यक्ति, घर, र संस्थामा पूर्ण रूपमा कनेक्टेड इन्टेलिजेन्ट संसारको लागि डिजिटल पहिल्याउन प्रतिबद्ध छौँ।

विश्वभरि नै डिजिटल अर्थतन्त्र जिडिपीको महत्त्वपूर्ण हिस्सा बन्दै गएको छ भन्ने कुरा सर्वविदितै छ । ह्वावेमा डिजिटल अर्थतन्त्र सबै आकारका अर्थतन्त्रहरूको लागि नयाँ वृद्धि इन्जिन हो भनी हामीले बुझेका छौँ। यहाँ नेपालमा, ह्वावेले ब्रोडब्यान्ड कनेक्टिभिटी, डाटा सेन्टरहरू, क्लाउड र कम्प्युटिङ र अन्य नवीनतम प्रविधिहरू र सबै आईसीटी सरोकारवालाहरूसँग साझेदारी गरेर देशलाई आफ्नो डिजिटल अर्थतन्त्रको जग निर्माण गर्न मद्दत गर्ने आशा राखेको छ। 

आईसीटी क्षेत्रमा खर्च गरिएको प्रत्येक रकमले ठुलो प्रतिफल दिन्छ, गैर-आईसीटी क्षेत्रमा लगानीको तुलनामा लगभग ६.७ गुणा बढी। अनुसन्धानले देखाएको छ कि आईसीटीमा २० प्रतिशत लगानीले जिडिपीलाई एक प्रतिशतले बढाउँछ। नेपालजस्ता विकासोन्मुख देशका लागि आईसीटी क्षेत्र र डिजिटल कनेक्टिभिटीले विकासलाई तीव्रता दिन आवश्यक प्रोत्साहन दिन सक्छ। तसर्थ, नेपाल सरकारले ल्याएको डिजिटल नेपाल फ्रेमवर्क स्वागतयोग्य छ।

तर, डिजिटल प्रतिभाबिना डिजिटल अर्थतन्त्र बढ्न सक्दैन । अधिक डिजिटल कनेक्टिभिटीबाट ल्याइएका फाइदाहरू प्रयोग गर्न दक्ष मानव संसाधन आवश्यक छ। यस आधारभूत तथ्यलाई ध्यानमा राख्दै, ह्वावेले सक्रिय रूपमा ह्वावे रहेको सबै १७० देश र क्षेत्रहरूमा डिजिटल प्रतिभाहरूको विकासलाई बढवा दिइरहेको छ। हामी स्थानीय प्रतिभाहरूसँग आफ्नो ज्ञान र विशेषज्ञता बाँड्न प्रतिबद्ध छौँ ताकि तिनीहरू भविष्यको आईसीटी लिडर बन्न सकुन्। हाम्रो डिजिटल ट्यालेन्ट डेभलपमेन्ट इकोसिस्टमको हिस्साको रूपमा, हामीले नेपालमा आगामी ५ वर्षमा १० हजार आईसीटी प्रतिभाहरू विकास गर्ने लक्ष्य राखेका छौँ। डिजिटल प्रतिभा डिजिटल विकासको आधार हो र जसले फलस्वरूप, आर्थिक विकास ल्याउँछ । हामी साँच्चिकै डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न उत्कृष्ट डिजिटल प्रतिभाहरूको विकास गर्न चाहन्छौँ।

त्यसका लागि, यस वर्ष हामीले हाम्रो ग्लोबल फ्ल्यागशिप सीआरएस  पहल - सिड्स फर द फ्युचर  नेपालमा सुरु गरेका छौँ। सन् २००८ देखि १३० देश र क्षेत्रका ९ हजार भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन्। हामी सबै उत्कृष्ट, स्नातक-स्तर आईसीटी विद्यार्थीहरूलाई कार्यक्रममा आवेदन दिन स्वागत गर्दछौँ जसले प्रतिस्पर्धात्मक आवेदन प्रक्रिया मार्फत चयन गरिएका २० उत्कृष्ट विद्यार्थीहरूको लागि एक अद्वितीय सिकाइ अनुभव प्रदान गर्दछ। यो कार्यक्रम ८ दिने (नोभेम्बर २९ - डिसेम्बर ६) अन्तरक्रियात्मक अनलाइन अनुभव हो जुन प्रविधि, नवप्रवर्तन र अन्तर्राष्ट्रिय साथीहरूसँग सांस्कृतिक आदानप्रदान हो जहाँ विद्यार्थीहरूले साइबर सुरक्षादेखि एयरोस्पेस उद्योग सम्म लिएर विभिन्न विषयहरूमा विशेषज्ञहरू, उद्यमीहरू, प्राध्यापकहरू र वैज्ञानिकहरूबाट सुन्न पाउनेछन्। विद्यार्थीहरूले फाइभ जी, क्लाउड कम्प्युटिङ र एआईमा इन्ट्री लेभलका पाठ्यक्रमहरू पनि प्राप्त गर्नेछन्।

एक अन्तरक्रियात्मक र गतिशील कक्षा कोठा वातावरणमा, विद्यार्थीहरूले सांस्कृतिक आदानप्रदानमा संलग्न हुनेछन् र "टेकफरगुड" परियोजनामा भाग लिनेछन् जहाँ उनीहरूले वास्तविक-विश्व सामाजिक र वातावरणीय समस्याहरूको नवप्रवर्तन प्राविधिक समाधानको साथ आउनेछन्। ह्वावे नेपालको कार्यालय भ्रमण, विशेषज्ञ व्याख्यान र ह्वावे -निर्मित बेस स्टेशनको दुई दिनको फिल्ड ट्रिप मार्फत नेपालको आइसीटी  उद्योगलाई अझ राम्ररी बुझ्ने अवसर पनि प्रदान गरिनेछ। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि, विद्यार्थीहरू लिङ्कइनमा सिड्सको विश्वव्यापी नेटवर्कमा सामेल हुनेछन् जहाँ नियमित गतिविधिहरूले नेटवर्किङको लागि पर्याप्त अवसर प्रदान गर्नेछ। इच्छुक आवेदकहरूले www.seedsnepal.com मार्फत आवेदन दिन वा कार्यक्रमको बारेमा थप जान्न सक्छन्। हामी यस वर्षको लागी अन्तिम मिति (नोभेम्बर ७, २०२१) भन्दा पहिले कार्यक्रममा आवेदन दिन सबै विद्यार्थीहरूलाई स्वागत गर्दछौँ।

सीड्स फर द फ्युचरको अलावा, ह्वावेले ह्वावे स्टुडेन्ट डेभलपर कार्यक्रम पनि चाँडै सुरु गर्ने छ जसले विद्यार्थीहरूलाई कुनै शुल्क नलिई ह्वावेको एचएमएस (Huawei Mobile Services) इकोसिस्टममा एप डेभलपमेन्ट सम्बन्धी ५ हप्ताको आधारभूत पाठ्यक्रम उपलब्ध गराउनेछ। सन् २०२२ मा हामीले उच्च-स्तरीय विश्वविद्यालयसँगको साझेदारीमा ह्वावे नेपाल आईसीटी एकेडेमी पनि सुरु गर्नेछौं। एकेडेमी एक अत्याधुनिक सिकाइ सुविधा हुनेछ जसले भविष्यका आईसीटी लिडरहरूलाई तालिम र विकास गर्नेछ।

म डिजिटल अर्थतन्त्रको लागि दक्ष मानव संसाधन कत्तिको महत्त्वपूर्ण छ भनेर पर्याप्त जोड दिन सक्दिन। गतिशील र सक्षम युवा जनसङ्ख्याको ठुलो सङ्ख्या भएकोले नेपालमा डिजिटल छलाङ ल्याउने अपार सम्भावना छ। ह्वावेले यी प्रतिभाशाली युवाहरूको विकास र सिकाइलाई समर्थन गर्न जारी राख्नेछ - जुन यो देशका भविष्य हुन् । हामी "नेपालमा, नेपालका लागि" छौँ भनेर देखाउन जारी राख्नेछौँ। फेरि पनि, म सीड्स फर द फ्युचरमा आवेदन दिन सबै योग्य विद्यार्थीहरूलाई स्वागत गर्न चाहन्छु र सबै आवेदकहरूलाई शुभकामना दिन चाहन्छु। भविष्यमा, हामी हाम्रा अन्य शैक्षिक पहलहरूमा पनि नेपालका विद्यार्थीहरूको उत्साहजनक सहभागिता हेर्ने आशा गर्दछौँ। अन्त्यमा, दीपावली, न्हु द: तथा छठको पावन अवसरमा सम्पुर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना ! धन्यवाद।

(विलियम झाङ ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत हुन्।)

प्रतिक्रिया दिनुहोस