aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

थप ४४७ जनामा कोरोना संक्रमण, ४३९ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ कार्तिक २०७८
थप ४४७ जनामा कोरोना संक्रमण, ४३९ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४४७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३९५ जना र एन्टिजन परिक्षण गर्दा ५२ जना गरि जम्मा ४४७ जना नयाँ संक्रमित थपिएका हुन् ।                            

त्यस्तै, पछिल्लो २४ घण्टामा ४३९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ७ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ रहेको छ ।  

पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनाको कोरोना परिक्षण गरेका थिए भने ९७ हजार ७० जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस