
काठमाडौं । आन्तरिक वायु सेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । बुधबार वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै एक सय बढी हवाई रुटमा हवाई टिकटको बढेको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएकोभन्दै तिहारको मुखैमा हवाई टिकटको मूल्य बढाएका छन । संघले नागरिक उड्डयन प्राधिकरणले मंगलबारैदेखि लागू हुने गरी नयाँ मूल्य अनुमोदन गरेको पनि जनाएको छ । नयाँ मूल्य सूची अनुसार आन्तरिक हवाई टिकटको मूल्य ४५ रुपैयाँदेखि ४ सय ४० रुपैयाँसम्म महंगिएको छ ।
नयाँ मूल्यसूची अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढीको हवाई भाडा ४ सय ४० रुपैयाँसम्म वृद्धि भएको जनाएको छ । यसअघि काठमाडौंदेखि धनगढीसम्मको लागि ३ हजार ८ सय हवाई इन्धनमा खर्च हुनेमा अहिले यो बढेर ४ हजार २ सय ४० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस