
काठमाडौं । प्रदेश १ नम्बरमा अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा पर्यटक आगमनको संख्या ५९.७ प्रतिशतले घटेको छ । तेस्रो मुलुकवाट आउने पर्यटकको संख्या सबैभन्दा बढी ९२.४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७६र७७ को तुलनामा आ.व. २०७७÷७८ मा यस प्रदेशमा घरजग्गा रजिष्ट्रेशन संख्या ३६.४ प्रतिशतले बढेको छ । त्यसैगरी, घर÷भवन नक्सा पास संख्या ३.६ प्रतिशतले बढको नेपाल राष्ट्र बैंकको अध्ययनमा देखिएको छ ।
समीक्षा वर्षमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका थप १३४ वटा शाखा विस्तार भएका छन् । २०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप २४.४ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ४६ अर्ब ५० करोड पुगेको छ । २०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २६.४ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ८० अर्ब पुगेको छ ।
२०७८ असार मसान्तमा प्रदेश नं. १ कोकर्जा निक्षेप–अनुपात १३८.७ प्रतिशत रहेको छ । वर्षमा पुनरकर्जा रु.९ अर्ब ५१ करोडले वृद्धि भई रु.१० अर्ब३७ करोड पुगेको छ । २०७७ असार मसान्तमा यस्तो कर्जा रु.८६ करोड रहेको थियो । २०७८ असार मसान्तसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्येसेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ५९.७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस