aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना कारण दुईको मुत्यु, ८ हजारभन्दा बढी सक्रिय संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ कार्तिक २०७८
कोरोना कारण दुईको मुत्यु, ८ हजारभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६४९ जना निको भएर घर फर्केका छन् ।

२ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

 नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ४ हजार ८०४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ भने ७ लाख ९४ हजार ४३८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ जना रहेका छन् । जसमध्ये ७ हजार ७६३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

 यस्तै १० वर्ष मुनिका २ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, अहिले नेपालमा ८ हजार ४ सय १३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस