
काठमाडौं । पोखरा जाने यात्रुको चाप बढेपछि यती एयरलाइन्सको सहायक कम्पनी तारा एयरले पनि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको छ । यात्रुको संख्या बढेपछि तारा एअरले पनि साताको तीन दिन उडान गर्नेगरी शुक्रवारबाट नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको जनाएको छ ।
भारतीय पर्यटकको आगमन बढेकाले तारा एअरले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर उडान शुरु गरेको यति एअरलाइन्सले बताएको छ । विमान कम्पनीसँग भएको जहाज उपयोगका लागि कम्पनीले सो उडान सुरु गर्न लागेको जनाईए पनि चाडपर्वको बेला पर्यटकको चाप बढेकाले सो उडान शुरु गरिएको बताइएको छ ।
यो चार्टर उडान सुरु गरेसँगै कम्पनीले दुई सिफ्ट क्रु परिचालन गर्ने तयारी गरिसकेको जानकारी एअरलाइन्सले दिएको छ । नेपालगञ्ज–पोखरा चार्टर उडानका लागि न्यूनतम भाडादर सात हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस