aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना संक्रमणबाट ९ जनाको मृत्यु, सात हजारभन्दा बढी सक्रिय संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ कार्तिक २०७८
कोरोना संक्रमणबाट ९ जनाको मृत्यु, सात हजारभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक सय ४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका छन । पछिल्लो २४ घण्टामा देशभरीबाट पाँच सय ६३ जना संक्रमणमुक्त भएका छन् । 

पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३३३ नमूना परीक्षणमा उक्त नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमित सात हजार सात सय १३ छन् । नेपालमा अझै पनि सक्रिय संक्रमित सात हजार सात सय १३ जना रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस