aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्क्रब टाइफसका कारण गोरखामा एक पुरुषको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ कार्तिक २०७८
स्क्रब टाइफसका कारण गोरखामा एक पुरुषको मृत्यु

काठमाडौं । गोरखा भीमसेन थापा गाउँपालिका ६ थापाटारका ६७ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक पुरुषको मृत्यु भएको हो।  उनको चितवन मेडिकल कलेज(सिएमसी) मा उपचारको क्रममा मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । 

 उनी एक्कासी कमजोरीसहितको ज्वारोले ग्रस्त भएपछि गोरखा अस्पतालमा उपचारका लागि आएका थिए। उनलाइै थप उपचारका लागि सिएमसी पुर्‍याइएको र चौबीस घण्टा नबित्दै उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस