aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप ३९० जनामा कोरोना संक्रमण, ४२५ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ कार्तिक २०७८
थप ३९० जनामा कोरोना संक्रमण, ४२५ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३७१ जना र एन्टिजन परिक्षण गर्दा १९ जना गरि जम्मा ३९० जना नयाँ संक्रमित थपिएका हुन् ।                                

त्यस्तै, पछिल्लो २४ घण्टामा ४२५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ५ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ रहेको छ ।        

पछिल्लो २४ घण्टामा ५ हजार २६ जनाको कोरोना परिक्षण गरेका थिए भने एक हजार ९१७ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६५७ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस