aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विश्वव्यापी खोप असमानतालाई सम्बोधन गर्न चीन प्रतिबद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ कार्तिक २०७८
विश्वव्यापी खोप असमानतालाई सम्बोधन गर्न चीन प्रतिबद्ध

मस्को । चीनले विकासोन्मुख देशहरूमा कोभिड-१९ खोपको पहुँच र मितव्यितामा सुधार गर्ने आफ्नो दृढ संकल्प देखाएको छ ।खोप उत्पादनमा संलग्न सबै देशहरूलाई यस लक्ष्यमा लाग्न आग्रह गर्दै  हालै द फ्रीमा प्रकाशित लेख अनुसार चीनले धनी देशहरूले खोप र उपचार खर्च गर्ने तर विकासोन्मुख देशहरूले  भने खोप र उपचारको प्रबन्ध गर्न सङ्घर्ष गरिरहेको टिप्पणी गरेको छ । उक्त लेख अनुसार चीन एक मात्र देश हो जसले दर्जनौं राज्यहरूलाई अनुदान सहायता प्रदान गरेर यो यो महामारीको दुष्चक्र तोड्न खोजेको छ । 

चीनले हालसम्म १०० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूलाई १.६ अर्ब भन्दा बढी खोप उपलब्ध गराएको छ र  जी २० नेताहरूको शिखर सम्मेलनमा विश्वका लागि वर्षभरि २ अर्बभन्दा बढी डोज खोप उपलब्ध गराउने  प्रतिबद्धता समेत व्यक्त गरेको छ । 

 बेइजिङले विकासोन्मुख देशहरूलाई खोप आपूर्ति र मानवीय सहायताको नाममा कुनै पनि प्रकारको जनीतिकरणको कडा विरोध गरेको जनाइएको छ । सिन्व्हा

प्रतिक्रिया दिनुहोस