aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप ४४० जनामा कोरोना संक्रमण, ४७४ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ कार्तिक २०७८
थप ४४० जनामा कोरोना संक्रमण, ४७४ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४४० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३८७ जना र एन्टिजन परिक्षण गर्दा ५३ जना गरि जम्मा ४४० जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४७४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ६ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६० रहेको छ ।      

पछिल्लो २४ घण्टामा ६ हजार ८१४ जनाको कोरोना परिक्षण गरेका थिए भने १६ हजार ५२९ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस