aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बरुण हाईड्रोपावरको २१ लाख रुपैयाँ नोक्सान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
बरुण हाईड्रोपावरको २१ लाख रुपैयाँ नोक्सान

बरुण हाईड्रोपावर कम्पनी लिमिटेड (Barun Hydropower Company Ltd.) ले तेस्रो त्रैमासमा २१ लाख ५४ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा पनि ५५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

 
२५ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा २ करोड ५३ लाख रुपैयाँ राखिएको छ । कम्पनिको बिक्री तर्फ १ करोड ८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ९ लाख रुपैयाँ लगानी गरेको छ । 

बरुण हाईड्रोपावरको सञ्चालन मुनाफा ३६ दशमलव २९ प्रतिशतले बढेर १ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

बरुण हाईड्रोपावरको प्रतिशेयर आम्दानी ९ दशमलव ९५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव ५५ गुणा, प्रतिशेयर नेटवर्थ १०९ दशमलव ९५ रुपैयाँ र तरलता अनुपात १ दशमलव ९ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस