aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ट्राङ्लोबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा रकम पठाउन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
ट्राङ्लोबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा रकम पठाउन सकिने

काठमाडौं । इसेवा सेवा मनी ट्रान्सफर र मलेशियाको रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले इसेवा मनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा  पठाउन सकिनेछ । 

साथै नेपालमा रहेका इसेवा मनी ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत पैसा पाउन सकिनेछ । साथै ५० लाख भन्दा बढि प्रयोगकर्ताहरु रहेको ईसेवा वालेटमा ट्राङ्लोका नेटवर्क मार्फत आएको रेमिट्यान्स् लोड गर्दा ७७ रुपैयाँको वालेट बोनस प्राप्त हुनेछ । यसका साथै, सिधै बैंक खातामा पनि रेमिट्यान्स् प्राप्त गर्न सकिनेछ ।   

ट्राङ्लोसँगको सम्झौतासँगै इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले भने, ‘ट्राङ्लाृे जस्तो विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक कम्पनीसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गर्न पाएकोमा हामी निकै उत्साहित छौँ । यसले हाम्रो नेटवर्कलाई अझ विस्तार गर्नुका साथै अधिकांस बाहिरी मुलुकबाट नेपालमा सहजै रेमिट्यान्स् भुक्तानी गर्ने एउटा भरपर्दो माध्यम थपिएको छ ।’ 
 

प्रतिक्रिया दिनुहोस