
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३१७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३०१ जना र एन्टिजन परिक्षण गर्दा १६ जना गरि जम्मा ३१७ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २७९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ६ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ रहेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनाको कोरोना परिक्षण गरेका थिए भने ४ हजार ५१६ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस