
काठमाडौं । नेपाललाई स्वीट्जरल्यान्ड सरकारले कोभिड १९ विरूद्धको एस्ट्राजेनेकाको एक लाख ४४ हजार डोज खोप सहयोग गरेको छ। स्वस्थ्य तथा जनसङख्या मन्त्रालयले उक्त परिणामको खोप दिएको जनाएको हो ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोख्रेललाई खोप हस्तान्तरण गरेकी थिइन्। सन् २०२० अप्रिल यता स्वीट्जरल्यान्ड सरकारले नेपाललाई पिसिआर किट, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस