aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आइतबारदेखि लगाइने फाइजर खोप कस्ताले र कुन स्थानबाट लगाउन पाउछन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ कार्तिक २०७८
आइतबारदेखि लगाइने फाइजर खोप कस्ताले र कुन स्थानबाट लगाउन पाउछन् ?

काठमाडौं । कात्तिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका दीर्घ रोग भएको विरामीहरुलाई फाइजर खोप लगाउने भएको छ । फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ । यो खोप कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो मात्रा लगाइने विभागले जनाएको छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ ।

यो खोप मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेकाले यो खोप लगाउन पाउने छन् । त्यस्तै, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारका क्यान्सरको उपचार गराइरहेकाले पनि यो खोप लगाउन पाउने मन्त्रालयले जनाएको छ । 

त्यसैगरि, फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका,अङ्ग प्रत्यारोपण रोगको औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका,उच्च रक्तचाप वा मधुमेह भई उपचार गराइरहेका,रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाकाले पनि फाइजर खोप लगाउन पाउनेछन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा ८ वटा अस्पतालमा यो खोप लगाइने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । जस्तै वीर अस्पताल,त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, सहिद गंगालाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र वीरेन्द्र सैनिक अस्पताल रहेका छन् ।

 त्यस्तै, उपत्यका वाहिर मेची अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताल, कोशी अस्पताल, गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, धुलिखेल अस्पतालमा खोप लगाइन्छ । त्यस्तै, धवलागिरि अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल र सेती अस्पतालमा फाइजर खोप लगाइने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस