
काठमाडौं नेपालस्थित अमेरिकी मिशनका उपप्रमुख म्यानुअल मिक्कलेरले शुक्रबार विभिन्न दाता राष्ट्र र निकायहरूसँगै कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराउन लागिएको खोप हस्तान्तरण गरेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक कार्यक्रममा ३४८,००० डोज एस्ट्राजेनेका कोभीड(१९ भ्याक्सिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।
कोभ्याक्स र साझेदारी कार्यक्रमहो जसको अमेरिका सवैभन्दा ठुलो दाता राष्ट्र पनि हो। सोही कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई अहिलेसम्म १,५३४,८५० डोज जोन्सन एन्ड जोन्सन तथा १००,६२० डोज फाइजर कोभीड १९ भ्याक्सीन निःशुल्क उपलब्ध गराइसकेको दूतावासले जनाएको छ।
प्रतिक्रिया दिनुहोस