aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

ताहचलमा अर्को पाँच तारे होटल सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ कार्तिक २०७८
ताहचलमा अर्को पाँच तारे होटल सञ्चालनमा

काठमाडौं । काठमाडौंको ताहचलमा पाँच तारे ह्यायत प्यालेस सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रम गर्दै होटल सञ्चालनमा गरिएको जानकारी गराइएको हो ।

२०७२ सालमा भूकम्पपछि अपार्टमेन्ट निर्माण गर्ने योजनालाई त्यागेर होटल बनाउने निर्णय गरिएको थियो । १० रोपनी क्षेत्रफल यो होटल बनेको होटलका सञ्चालक पवन गोल्यानले बताए ।  शुरुमा ४ अर्ब लगानी गर्ने योजना भए पनि कोरोना महामारीका कारण निर्माणले गति नलिँदा रकम बढेर करिब ५ अर्ब रुपैयाँ पुगेको होटलका अध्यक्ष शक्ति गोल्यानले बताए ।

नयाँ पाँच तारे होटल हायत अन्तर्राष्ट्रिय चेन होटल भएको अध्यक्ष गोल्यले जानकारी गराए । यसको मुख्य कार्यालय अमेरिकाको सिकागोमा रहेको छ । यसका संसारभर १ हजारभन्दा बढी होटल सञ्चालनमा छन् । यो होटलको सञ्जाल विश्वका ६९ वटा देशमा फैलिएको छ ।

सञ्चालक पवन गोल्यानले होटलले ५ वर्षमा ब्रेकइभनमा आउने दावी गरेका छन। होटलमा १५३ वटा कोठा छन् । जसमा ३ वटा स्वीट रुम छन् भने १५० वटा स्ट्यान्डर्ड रुम छन् । त्यसमध्ये पनि ७ वटा रुममा टेरेसको सुविधा पनि छ ।

भवनको २ तला बेसमेन्ट छ । जुन पार्किङका लागि छुट्याइएको छ । त्यसपछिको तलामा लबी छ । जहाँ नेपालीपन झल्कने गरी कलाकृति देख्न सकिन्छ । लबीसँगै रेष्टुराँ र कन्फ्रेन्स हल पनि छ । कन्फ्रेन्स हलमा ४ सय जनासम्म अटाउन सक्छन् ।
 

प्रतिक्रिया दिनुहोस