aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप ३०६ जनामा कोरोना संक्रमण, ३४८ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ कार्तिक २०७८
थप ३०६ जनामा कोरोना संक्रमण, ३४८ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३०६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २९१ जना र एन्टिजन परिक्षण गर्दा १५ जना गरि जम्मा ३०६ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा ३४८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ६ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ रहेको छ ।    

पछिल्लो २४ घण्टामा ९ हजार ६०६ जनाको कोरोना परिक्षण गरेका थिए भने १५ हजार ९०६ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस