
काठमाडौं । के तपाईँलाई इन्टरनेटको ‘अन्डरवल्ड’बारे थाहा छ ? यदि थाहा छैन भने त्यसलाई डार्क वेब भनेर चिनिन्छ । डार्क वेब वास्तवमा इन्टरनेटको त्यो दुनियाँ हो जहाँबाट तपाई घरमै बसिबसी एके–४७ अटोमेटिक हतियारदेखि किलोका किलो कोकिन किन्न सक्नुहुन्छ ।
सामान्यतया हामीले कुनै पनि जानकारी प्राप्त गर्नका लागि सर्च गर्ने गुगल वा अन्य कुनै सर्च इन्जिनले हामीलाई सजिलै त्यहाँसम्म पुराउँदैन । किनकि हामीले सामान्यतया प्रयोग गर्ने भनेको डार्क वेब होइन, सरफेस वेब हो ।
भनिन्छ हामी गुगल लगायतका इन्जिनबाट प्रयोग गरेर लगभग इन्टरनेटको दुनियाँमा पाँच प्रतिशतसम्म मात्रै पुग्न सक्छौँ । बाँकी ९० प्रतिशत हिस्सा भनेको डिप वेबमा छ । जहाँ प्रवेश गर्नका लागि हामीले पैसा तिर्नु पर्ने हुन्छ वा पासवर्डको जरुरी हुन्छ ।
हामीले प्रयोग गर्ने जिमेल, अन्य इमेल वा बैंकिङ कारोबारहरू सबै यही ९० प्रतिशत हिस्साभित्र छ । जुन सतहभन्दा तल अर्थात् डिप वेबमा रहेको मानिन्छ । त्यो भन्दा तलको दुनियाँ हो डार्क वेब । जहाँ पुग्नका लागि हामी टोर ब्राउजरको प्रयोग गर्छौ ।
डार्क वेबमा इन्टरनेटका पाँच प्रतिशत सामाग्रीहरू रहेको मानिन्छ । त्यहाँको दुनियाँ यस्तो छ की तपाई यहाँ वैद्य अवैध सबै प्रकारका काम गर्न पाउनु हुन्छ । चर्चित सिल्क रोडदेखि ब्ल्याक मार्केट सबै यही डार्क वेबको हिस्सा हो ।
डार्क वेबमा तपाई इन्टरनेट दुनियाँका अपराधी भनेर चिनिने ह्याकरहरू भेट्न सक्नु हुनेछ । लागू औषधदेखि हतियारसमेत किन्न पाइन्छ । कसैको पासवर्ड वा केही चाहियो भने त्यहाँ खरिद गर्न मिल्छ ।
डार्क वेबको इतिहास
सन् २००० मा एडिनवर्ग युनिभर्सिटीका एक विद्यार्थीले एउटा थेसिस प्रोजेक्ट पेस गरे । इयान क्लार्क नाम गरेका ती विद्यार्थीले पेस गरेको थेसिसमा यस्तो तरिकाको कुरा गरिएको थियो कि जहाँ मानिसहरू इन्टरनेटमा आफ्नो परिचय नदिईकन सम्पर्क गर्न सक्छन् । यसरी कहाँ बसेर कुन मानिसले को सँग कुरा गर्यो भन्ने कुराको जानकारी कहीँ कतै कसैले नपाउने बनाउन सम्भव छ भन्ने कुरा यो थेसिले अगाडी सार्यो ।
यसैका आधारमा टोर प्रोजेक्ट सुरुवात भयो । र, यसले सन् २००८ मा एउटा ब्राउजर लन्च गर्यो । यसपछि प्रयोगकर्ताहरू आफ्नो परिचय नदिईकन इन्टरनेटको प्रयोग गर्न सक्ने भए । त्यस्ता वेबसाइडहरुसम्म पुग्न सके जो डार्क वेबको हिस्सा हो ।
अमेरिकाले गर्यो यसको भरपुर प्रयोग
सुरुका दिनहरूमा यसको प्रयोग अमेरिकाको रक्षा विभागले धेरै गर्यो । गोप्यरुपमा सम्पर्कहरू स्थापित गर्नका लागि यसरी जिम्मेवार निकायले सुरुमा प्रयोग गरेको डार्क वेबलाई बिस्तारै यस्ता प्रयोगकर्ताहरूले आफ्नो अखडा बनाए जुन परिचय बिना नै इन्टरनेटमा काम गर्न चाहन्छन् ।
यसमा ओनियन राउटिङ टेक्नोलोजीको प्रयोग हुन्छ । जसले गर्दा प्रयोगकर्तालाई ट्रयाकिङ गर्न सकिँदैन । जसरी प्याजमा एउटा पत्ता निकालेपछि फेरि अर्को देखा पर्छ त्यसैगरि डार्क वेबमा पनि प्रयोगकर्ताको जानकारी एक पछि अर्को गर्दै सर्दै जान्छ र कहाँ बसेर कुन कम्प्युटर वा आईपीएसको प्रयोग गरेर काम हुँदै छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।
बिटक्वाइनमा गरिन्छ कामहरू
डार्क वेबमा हुने कारोबारमा समेत बिटक्वाइन लगायतका भर्चुअल मुद्राहरुको प्रयोग हुन्छ । जसलाई ट्रयास गर्न असम्भव छ । यसरी डार्क वेबमा हुने अवैध कारोबारको पनि सहज तरिकाले लेनदेन हुने गरेको छ । डार्क वेबको प्रयोग आफैमा गैर कानुनी भन्ने चाहिँ होइन ।
विश्वका धेरै मुलुकहरू र राज्यका जिम्मेवार अङ्गहरूले जानकारीहरू साटासाट गर्न र अन्य नागरिकहरूका गतिविधिमाथि निगरानी राख्न पनि यसको प्रयोग गर्ने गरेको पाइन्छ । बीबीसी, न्यूयोर्क टाइम्स जस्ता सञ्चारमाध्यमहरूले पनि यसको प्रयोग गर्ने गर्छन् । तर, पछिल्ला दिनमा भने डार्क वेबमा वैध भन्दा अवैध र कानुनी भन्दा बढी गैर कानुनी काम हुने गरेका छन् ।
डार्क वेबमा १६० भन्दा धेरै अवैध बजार
डार्क वेबमा ठूलो सङ्ख्यामा अवैध बजार भेट्न सकिन्छ । जहाँ कानुनी राज्यले अवैध ठहर गरेका जुनसुकै वस्तु किन्न पाइन्छ । यसमा अवैध लागूपदार्थ, हतियार, कसैका पर्सनल पासवर्ड मात्र होइन कुनै अर्को मुलुक यात्रा गर्न चाहँदा नक्कली पासपोर्ट समेत पाइन्छ । त्यहाँ ठूलो अपराध मानिने चाइल्ड पोर्नका कन्टेन्टहरूदेखि ह्याकरहरूसमेत भाडामा पाइन्छन् ।
प्रतिक्रिया दिनुहोस