aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप ४१६ जनामा कोरोना संक्रमण, २७० जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ कार्तिक २०७८
थप ४१६ जनामा कोरोना संक्रमण, २७० जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४१६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३६७ जना र एन्टिजन परिक्षण गर्दा ४९ जना गरि जम्मा ४१६ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा २७० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ रहेको छ ।  

पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनाको कोरोना परिक्षण गरेका थिए भने ७४ हजार ४५२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३११ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस