aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

गण्डकी प्रदेशमा पर्यटन क्षेत्र उच्च प्राथमिकतामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
गण्डकी प्रदेशमा पर्यटन क्षेत्र उच्च प्राथमिकतामा

काठमाडौं । गण्डकी प्रदेशको आर्थिक विकासमा पर्यटन क्षेत्रले महत्वपूर्ण योगदान गरेको छ । पर्यटन क्षेत्रले अप्रत्यक्ष रुपमा प्रदेशको गार्हस्थ्य उत्पादनमा १० प्रतिशत र रोजगारीमा १५ प्रतिशत योगदान गरेको छ । प्रदेशमा वाह्य ४ लाख र आन्तरिक ६ लाख गरी वार्षिक १० लाख पर्यटकले भ्रमण गर्ने गरेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा देखिएको छ । 

प्रथम पञ्चवर्षिय योजना, प्रदेश नीति तथा योजना आयोग, २०७७ बैशाखमा उल्लेख भए अनुसार संसारभर प्रसिद्ध र स्थापित भइसकेका अद्वितीय पर्यटकीय क्षेत्रहरु माछापुच्छ«े हिमालको छायाँ फेवातालमा देखिने मनोरम दृश्य, सराङकोटबाट देखिने सूर्योदय र सूर्यास्तललाई प्रदेश सरकारले पर्यटनका उच्च प्राथमिकतामा राखेको छ । 

त्यस्तै, तालै तालको शहर पोखरा, दक्षिण एसियाकै नमूना घलेगाँउ, नेपालकै पहिलो ग्रामीण होम–स्टे सिरुबारी, धार्मिक पर्यटकीय स्थलहरु (मुक्तिनाथ, मौलाकालिका, गलेश्वरधाम, फेवातालको बीचमा रहेको ताल बाराही, गोरखा मनकामना, बाग्लुङ कालिका आदि रहेका छन । 

विभिन्न स्थानमा निर्माणाधीन तथा अध्ययनका क्रममा रहेका केवलकार (कास्कीको सराङकोट, तनहुँको बन्दिपुर, विरेठाटीदेखि मुक्तिनाथ, पञ्चासे, छोरेपाटनदेखि शान्ति स्तुपासम्म) र प्रदेश सरकार र स्थानीय सरकारको सहजीकरण तथा समन्वयमा सामुदायिक होम–स्टे सञ्चालनको माहोल सिर्जना भएको छ ।  

 साहसिक पर्यटन प्याराग्लाइडिङ, संसारकै दोस्रो गहिरो बन्जि जम्पिङ, क्यानोयिङ, जिपलाइन, स्वीङ, अन्नपूर्ण, धौलागिरी र मनास्लु ट्रेक रुट तथा नेपाल–चीन जोड्ने कालीगण्डकी करिडोर हुँदैकोरला सम्मको सडक स्तरोन्नतिको कार्य द्रुत गतिमा अगाडि बढिरहेको राष्ट्र बैंकको अध्ययनमा देखाएको छ ।  

आन्तरिक हवाइ उडानहरु पोखरासँग मुस्ताङको जोमसोम र मनाङको हुम्डे लगायत सिमरा, भैरहवा, नेपालगञ्ज जोडिनु, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा रहेकोले यस क्षेत्रको विकासको उच्च सम्भावना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस