aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप २९६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ मंसिर २०७८
थप २९६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २९६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २७१ जना र एन्टिजन परिक्षण गर्दा २५ जना गरि जम्मा २९६ जना नयाँ संक्रमित थपिएका हुन् ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा ३६९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ५ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ९७२ जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख ७३ हजार ४९८ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस