
काठमाडौं । ललितपुरको बाल कुमारीमा कोयस्ट इन्टरनेसनल कलेजले कोयट इन्ट्रा कलेज कुकिङ्ग कम्पिटिसन सम्पन्न भएको छ। ब्यचुलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) फ्याकल्टिका छात्र तथा छात्रा गरि ४४ जनाले भाग लिएका थिए। सो कुकिङ्ग कम्पिटिसनमा अत्यन्त उत्साहका साथ फस्ट,सेकेन्ड र थर्ड सेमिस्टरका विद्यार्थीहरुले भाग लिएर प्रोफेसनल सेफ झै भिन्नभिन्न परिकारहरु बनाएर देखाएका थिए ।
प्रत्येक प्रतियोगीलार्इ भिन्नभिन्न स्टल सहित सम्पुर्ण किचनका युटेन्सिल उपलब्द्द गराइएका कारण स्तरिय रुपमा परिकार तयार गर्न सहज भएको प्रस्ट थियो। जजको रुपमा प्रोफेसनल सेफहरु बोलाइएको हुदा पनि कुकिङ्ग प्रतियोगिताको रौनक नै छुट्टै रहेको कलेजले जनाएको छ ।
लामो समय पकवान पेशामा खारिएका सेफहरु जर्ज प्यानलमा बसेका कारण प्रतियोगिहरु बिचकुनै विाद र सन्कोच थिएन। जज प्यानलमा दि सोल्टी काठमान्डैका सुसेफ आर बि बुढाथोकी, इन्टर नेसनल सेफ राम कृष्ण थापा र राम थापा रहेका थिए।
सो कुकिङ्ग कम्पिटिसनमा थर्ड सेमिस्टरका समर बिक्रम शाही, फस्ट सेमिस्टरकी जेनिशा श्रेस्ठ र थर्ड सेमिस्टरको आशुतोस लामिछाने क्रमश फस्ट,सेकेन्ड र थर्ड भएका थिए। फस्ट,सेकेन्ड थर्ड हुनेलाइ प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गरिएको थियो। बाकी सबै प्रतियोगिहरुलार्इ पनि प्रमाण पत्र हस्तान्त्रण गरिएको थियो।
कलेजले यस्ता खालका कुकिङ्ग कम्पिटिसन हरेक बर्ष आयोजना गर्ने गरेको कुरा सो कलेजका डाइरेक्टर कोलिन किरण श्रेस्ठले बताए। यस्ता क्रियाकलापले छात्र छात्रामा एक किसिमको छुट्टै क्रेट हुने कुरा उनले प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै बताएका थिए ।
प्रतिक्रिया दिनुहोस