aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आइकाओको कालो सूचीबाट हटाउन पहल भइहेको छः मन्त्री आले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ मंसिर २०७८
आइकाओको कालो सूचीबाट हटाउन पहल भइहेको छः मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ०को कालो सूचीबाट हटाउन पहल भइरहेको बताएका छन् । 

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपाल अहिले पनि आइकाओको कालो सूचीमा रहेको र यसलाई हटाएर पर्यटन प्रवद्र्धन गर्नका लागि पहल भइरहेको बताएका हुन । उनले भने, “बेलायतको एक हप्ताको कार्यक्रममा जाँदा मैले आइकाओको ब्ल्याक लिष्टबाट छिट्टै हटाउन भनेको छु । नेपाल आइसकेपछि मन्त्रालयबाट पनि पत्राचार गरेर कुरा अगाडि बढाएको छु ।” सन् २०१३ देखि नेपालको वायु सेवा कालोसूचीमा रहँदै आएको छ । 

मन्त्री आलेले भारतका मुख्य सहरहरुमा थप उडान भर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, “भारतीय र नेपाली नागरिकबाहेक अन्य आवतजावतको वातावरण थिएन, अहिले एयर बबल हटेको छ ।” अब छिट्टै बैंङलोर, कलकत्ता, मुम्बई, चेन्नाईलगायतका सहरमा पनि उडान नियमित हुने उनको भनाइ थियो ।

कोरोना त्रास अझै कायमै रहेकाले पर्यटन क्षेत्रको विकास हुन नसकेको उनले बताए ।  कोभिड पूरै समाप्त नभएकाले भ्रमण वर्ष घोषणा गर्ने वा नगर्ने भन्ने विषय छलफलमै रहेको उनले जानकारी दिए । सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरिए पनि कोभिड महामारीका कारण स्थगित भएको थियो ।फरक प्रसङ्गमा बोल्दै उहाँले भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस