aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना विरुद्धको खोप लगाउनु भएको छैन ? यसो गर्नुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ मंसिर २०७८
कोरोना विरुद्धको खोप लगाउनु भएको छैन ? यसो गर्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप लगाउन छुटेकाहरुलाई एक सूचना जारी गरेको छ । मन्त्रालयले खोप लगाउन छुटेकाहरुलाई खोप लगाउने तयारी गरेको हो । 

मन्त्रालयले सूचनामा भनेको छ– दुई तिहाई लक्षित जनसंख्यालाई यहि पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्त खोप लगाइसक्ने लक्ष्य अनुरुप १८ वर्षभन्दा माथीका सबै व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइदै छ ।   

त्यस्तै, मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय, आफू बसोबास गर्ने स्थानिय तह वा वडा काार्यालयमा सम्पर्क राखी खोप लगाउने समेत आग्रह गरेको छ । यसअघि उच्च जोअिममा भएका गर्भवती महिलाहरुलाई मात्र कोरोना विरुद्धको खोप दिईएकोमा अब सबै गर्भवती महिलाहरुलाई उक्त खोप गर्भवती भएको पहिलो तीन महिना पछि दिन सकिने समेत मन्त्रालयले जनाएको छ । 

हेर्नुहोस, मन्त्रालयको सूचना 

May be an image of text

प्रतिक्रिया दिनुहोस