aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फेसएपमा रमाउंदै हुनुहुन्छ ? बन्नुहोस है होसियार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
फेसएपमा रमाउंदै हुनुहुन्छ ? बन्नुहोस है होसियार

केहिदिन यता संसारभर नै फेसएपले खुब चर्चा पाइरहेको छ। यो एप्को सहयोगमा मानिसहरु आफ्नो प्रौढ अवस्था कस्तो हुन्छ भन्ने सम्भावनालाई दर्शाईरहेका छन् । अनि सामाजिक संजालहरुमा अन्धाधुन्ध तस्बिरहरु पोष्ट गर्दैछन् ।

तर, तपाईलाई आफ्नो बुढेशकालको तस्बिर पोष्ट गर्न जति रमाइलो लागिरहेको छ त्यति नै खल्लो लाग्नेछ जव तपाइँले  यसबाट हुनसक्ने खतराबारे बुझ्नु हुनेछ । यो एक रुसी एप हो र रसियनहरु इन्टरनेटको माध्यमबाट सुचना संकलन र जसुसिमा निक्कै अगाडी रहेको बिश्वाश गरिछ । 

फेसएपले तपाइको तस्बिर परिवर्तन गर्दा के के गर्छ भन्ने पहिले जान्नु जरुरि हुन्छ । यसले सबैभन्दा पहिले तपाइको फोटो सर्वार्मा पुर्याउँछ । अनि त्यसलाई परिवर्तन गर्न फेरी फोटो खिच्छ । कतिपयले के पनि शंका गर्दैछन भने यसले तपाइलाई नसोधी तपाइको मोबाइलबाट सबै सूचना र तस्बिर लैजान्छ । त्यसको भविष्यमा दुरुपयोग हुने सम्भावना छ। 

यसले तपाइको सुचना बिज्ञापन र अन्य प्रयोजनको लागि समेत प्रयोग गर्ने सम्भावना छ। त्यसो त धेरै मानिसहरु फेसबुक र अन्य चर्चित सामाजिक संजालले पनि जासुसीको काम गरिरहेको बिश्वाश गर्छन ।

प्रतिक्रिया दिनुहोस