aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यू–१९ क्रिकेट प्रतियोगिताः पाण्डेको कप्तानीमा गण्डकीको टोली घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ मंसिर २०७८
यू–१९ क्रिकेट  प्रतियोगिताः पाण्डेको कप्तानीमा गण्डकीको टोली घोषणा

कास्की । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले काठमाडौंमा आयोजना हुने ‘वाईवाई यु–१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ ।

गत कात्तिक २९ देखि मङ्सिर ४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गण्डकीको टोली छनोट गरिएको हो । गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुका अनुसुार  १४ नियमित र चार वैकल्पिक खेलाडी छनोट गरिएको छ । टोलीको उपकप्तानको जिम्मेवारी सुभाष भण्डारीलाई दिइएको छ । छनोट भएका अन्य खेलाडीमा अर्जुन कुमाल, किरण पौडेल, दीपक डुम्रे, कमल परियार, सुदीप अर्याल, मिलन छेत्री, सुजन गौतम, सन्देश सुनार, सचिनराज अधिकारी, अभिषेक थापा, उत्सव श्रेष्ठ र प्रशान्त सिंह रहेका छन् ।

वैकल्पिक खेलाडीमा सन्दीप खत्री, स्वीकार श्रेष्ठ, विपीनराज न्यौपाने र समिर कँडेल छन् । टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा रहेका छन् । उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेटका लागि खेलाडी छनोट गर्न पोखरामा आयोजना गरिएको प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुरका खेलाडी सहभागी थिए । उन्नाइस वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि राजधानी काठमाडौंमा सुरु हुँदैछ । 

प्रतिक्रिया दिनुहोस