aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतमा मार्च यता कै उच्चतम संक्रमण मुक्त दर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ मंसिर २०७८
भारतमा मार्च यता कै उच्चतम संक्रमण मुक्त दर

काठमाडौं । गत २४ घण्टामा भारतमा ७ हजार ५ सय ७९ नँया संक्रमित विरामी थपिएका छन्। लगातार २ दिन १० हजार भन्दा कम नँया संक्रमित विरामी थपिएका हुन्। यसका साथै गत २४ घण्टामा १२ हजार २ सय २ जना संक्रमित विरामी निको भएका छन्। हालसम्म निको हुनेको संख्या ३ करोड ३९ लाख ४६ हजार ७ सय ४९ पुगेको छ। यसका साथै भारतको सक्रिय संक्रमित संख्या भने १ लाख १३ हजार ५ सय ८४ पुगेको छ। ५ सय ३६ दिनमा देखिएको यो सबैभन्दा कम संख्या हो।

हाल सक्रिय संक्रमित संख्या देशको सकरात्मक संक्रमित संख्या को ०.३३ प्रतिशत पुगेको छ। सन् २०२० मार्च महिना देखि यो दर लगातार घट्दै गएको छ। यसका साथै देशमा परीक्षण क्षमता पनि निरन्तर रुपमा बढाउँदै लगिएको छ। गत २४ घण्टामा ९ लाख ६४ हजार ९ सय ८० वटा नमुना परीक्षण गरिएको छ। हालसम्म भारतमा ६३ करोड ३४ लाख ८९ हजार २ सय ३९ वटा नमुना परीक्षण भइसकेको छ।

त्यस्तै साप्ताहिक सकरात्मक दर पनि हाल ०।९३ प्रतिशत मा रहेको छ। लगातार ६० दिन सो दर २ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ। दैनिक सकारात्मक दर हाल ०।७९ प्रतिशत पुगेको छ। लगातार ५० दिन दैनिक सकारात्मक दर २ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने लगातार ८५ दिन ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

गत २४ घण्टामा ७१ लाख ९२ हजार १ सय ५४ खोप खुराक प्रदान गरिएको छ। यसका साथै मंगलबार विहान ७ बजेसम्म को अस्थायी प्रतिवेदन अनुसार हालसम्म देशमा ११७ करोड ६३ लाख खोप खुराक प्रदान गरिएको छ। यी सबै खोप १ करोड २१ लाख ६९ हजार १ सय ३५ सत्र मार्फत प्रदान गरिएका हुन्।
 

प्रतिक्रिया दिनुहोस