aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मनकामना केबुलकारको टप स्टेशनमा सुविधा सम्पन्न रिसर्ट निर्माण हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ मंसिर २०७८
मनकामना केबुलकारको टप स्टेशनमा सुविधा सम्पन्न रिसर्ट निर्माण हुने

काठमाडौं । चितवन को-ई समुहअन्तर्गतको मनकामना दर्शन प्रालिले मनकामना केबल कारको टप स्टेशनमा रिसोर्ट निर्माण गर्ने भएको छ। ९ रोपनी क्षेत्रफलमा रिसोर्टमा कुल ३५ करोड १८ लाख रुपैयाँ लगानीमा रिसर्ट निर्माण हुने भएको हो ।

कुल ४० कोठा क्षमताको हुने उक्त रिसोर्ट लग्जरी सेगमेन्टको उक्त रिसर्ट डेढ वर्षभित्र निर्माण सम्पन्न गरेर संचालनमा ल्याइसक्ने रिसोर्ट नौ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ।

रिसोर्टमा स्ट्याण्डर्ड रेष्टुरेण्ट, एक सय जना क्षमताको कन्फ्रेन्स हल लगायतका सुविधा रहने छन् । केबलबार स्तरोन्नती र नयाँ रिसोर्ट निर्माणमा गरी कुल ६५ करोड रुपैयाँ खर्च गर्ने योजना चितवन को-ईले बनाएको छ। 

प्रतिक्रिया दिनुहोस