aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

भिजिबिलिटी कम भएपछि विहीबार विहानका सबै हवाई उडान प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
भिजिबिलिटी कम भएपछि विहीबार विहानका सबै हवाई उडान प्रभावित

काठमाडौं । विहीबार बिहान नेपालको आकाश नखुल्दा अधिकांश आन्तरिक हावाई उडानहरु प्रभावित भएका छन् । समयमा उडान नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप छ ।

बाक्लो हुस्सु र तुवालोका कारण भिजिबिलिटी कम भएपछि  बिराटनगर, भरतपुर, सुर्खेत, पोखरा, धनगढी लगायत क्षेत्रको निर्धारित समय तालिका अनुसार उडान नभएको हो । आन्तरिक उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ३ हजार मिटरभन्दा बढी हुने पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस