aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

जेनिस सलुशनले खोल्यो अमेरिकामा कार्यालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
जेनिस सलुशनले खोल्यो अमेरिकामा कार्यालय

काठमाडौं ।  डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुशनले संयुक्त राज्य अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलिएको जनाएको छ। ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बांगलादेश, अष्ट्रेलिया र फिनल्याण्डमा कार्यालयहरु छन्।  

जेनिस सलुशन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवा प्रदायक पनि हो। जेनिसले यस भन्दा पहिले नै अमेरिकास्थित केहि ठूला ब्यांकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ।  

अमेरिकास्थित नयाँ  कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन ५०० कम्पनीहरु लगायतमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।  यो विस्तार विश्वभरि आफ्नो व्यवसाय तथा सेवाप्रवाह  संजाल पुराउने जेनिसको रणनीतिको एक अंग हो। 

ूसंयुक्त राज्य अमेरिका सूचना, संचार तथा प्रविधि उद्योगमा संसारकै सबैभन्दा ठूलो बजार हो र त्यहाँ औपचारिक उपस्थिति हाम्रा लागि एउटा उपलब्धि र गौरवको कुरा भएको कम्पनीले जनाएको छ ।  नेपालमा एउटा बलियो कार्यसंचालन आधार तयार गरेर अमेरिकास्थित कम्पनीहरुलाई डिजिटल रुपान्तरणको क्षेत्रमा विशिष्ट सेवाहरु उपलब्ध गराउने उदेश्य रहेको कम्पनीले जनाएको ।

एउटा कम्पनीको रुपमा अन्तरराष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउनुका साथै विश्व सूचना, संचार तथा प्रविधि उद्योगमा नेपाललाई बजार मापदण्ड कायम गर्न सफल एक श्रोत मुलुकको रुपमा स्थापित गर्न पनि चाहन्छौं, जेनिस सलुशन लिमिटेडका ग्लोबल मुख्य प्रविधि अधिकृत अन्जनी फुयालले भने। 
 
जेनिसले एडब्लुएस, गुगल, माइक्रोसफ्ट, अलिबाबा क्लाउड लगायतका विश्वचर्चित क्लाउड सेवा प्रदायक कम्पनीहरु संगको साझेदारीमा आफ्ना कार्यालयहरुबाट विश्व भरि नै सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ। अमेरिकी बजारमा चाहिं उच्च गुणस्तरका  डेभ अप्स,  क्लाउड माइग्रेशन्स, क्लाउड नेटिभ डेभलपमेंट्स, एस इ ओ, व्यवस्थित सूचना प्रविधि तथा सुरक्षा सेवाहरु प्रतिस्पर्धी दरमा उपलब्ध गराइने छ।   

यस अघि विश्व बैंकको आइएफसी अन्तर्गत बिजनेस अक्सिजन प्रालिले नेपालकै पहिलो क्लाउड कन्सलटेंसी कम्पनी, जेनिस सोलुसन प्रालिमा झन्डै साढे पांच करोड रुपियाँ बराबरको लगानी गरेको थियो । 

बिजनेस अक्सिजन प्रालि विश्व बैक अन्तर्गत रहेको आइएफसीको लगानी रहेको नेपालकै पहिलो निजी इक्विटी फन्ड हो।  जेनिस सोलुसनले उक्त लगानी नेपालमा ुहाइब्रिड क्लाउडु शुरु गर्न र कम्पनीद्वारा प्रदान गरिने  सेवाहरुमा उल्लेख्य वृद्धि गर्न चालु पूँजीको रुपमा उपयोग गरिरहेको  छ।

प्रतिक्रिया दिनुहोस