एजेन्सी । कोरोना भाइरसको नयाँ संस्करणका कारण सिंगो विश्व फेरि एकपटक चिन्तित बनेको छ । धेरै देशहरूमा कोभिडका केसहरू कम हुन थालेपछि फेरि नयाँ संस्करणले सबैलाई डराएको छ ।
यो नयाँ भेरियन्ट दक्षिण अफ्रिकामा फेला परेको छ । यो धेरै छिटो फैलिएको र यसको उत्परिवर्तन ३० पटकभन्दा बढी भएको बताइएको छ । यो भेरियन्टलाई बी.१.१. ५२९ नाम दिइएको छ ।
विभिन्न मुलुकले नयाँ संस्करणबाट प्रभावित मुलुकबाट आएका व्यक्तिको स्क्रिनिङका लागि निर्देशन दिइ सेकेका छन । नयाँ भाइरसको म्युटेशन ३० पटकभन्दा बढी रुप परिवर्तन हुनु सबैभन्दा खतरनाक भएका वैज्ञानिकहरुले अनुमान गरेका छन ।
प्रतिक्रिया दिनुहोस