aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप २७० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० मंसिर २०७८
थप २७० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २७० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४२ जना र एन्टिजन परिक्षण गर्दा २८ जना गरि जम्मा २७० जना नयाँ संक्रमित थपिएका हुन् ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा ३०२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय १८ जना रहेका छन् ।    

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ४६ जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख ९६ हजार ८५३ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ८७ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस