aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कोरोनाको नयाँ भेरियन्टको स्ट्रेन ओमिक्रोन चिन्ताजनक : डब्ल्यूएचओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ मंसिर २०७८
कोरोनाको नयाँ भेरियन्टको स्ट्रेन ओमिक्रोन चिन्ताजनक : डब्ल्यूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड(१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ  कोभिड(१९ संस्करण द.१.१.५२९लाई ओमिक्रोनु नाम दिएको छ। कोरोनाभाइरस द.१.१.५२९ को भर्खरै पत्ता लागेको भेरियन्ट चिन्ताको विषय हो। यसमा अन्य डरलाग्दो भेरियन्टहरूको बारेमा विज्ञानले थाहा पाएको भन्दा धेरै उत्परिवर्तनहरू छन्।

 विस्वा संले यो नयाँ संस्करणलाई अत्यन्तै चिन्ताजनक रूपमा लिदै उक्त टिप्पणी गरेको छ।  हाल प्रयुक्त कोरोनाभाइरस खोपहरू नयाँ कोभिड(१९ संस्करण विरूद्ध कम प्रभावकारी हुन सक्ने पनि जनाइएको छ । नयाँ भेरियन्ट डेल्टा स्ट्रेनभन्दा पनि बढी सङ्क्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ । 

यो भेरियन्टलाई वैज्ञानिकहरूले बी.१.१.५२९ को रूपमा चित्रण गरेका छन्। डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले बैठकपछि प्रारम्भिक विश्लेषणले यस संस्करणमा ठूलो संख्यामा उत्परिवर्तनहरू आएका छन् जसबारे थप अध्ययन गरिनेछ। एएनआई

प्रतिक्रिया दिनुहोस