aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

२१३ जना नयाँ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ मंसिर २०७८
२१३ जना नयाँ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टामा नेपालमा २१३ जना नयाँ कोरोना संक्रमण भेटिएका छन् । ३२५ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार २ सय ७० जना नयाँ संक्रमित भेटिएका थिए । 

नेपलामा अझै पनि ७ हजार एक सय ५६ जनामा संक्रिय कोरोना भाइरस रहेको मन्त्रालयले जनाएको छ । चार हजार नौं सय सात पिसीआर र एक हजार सात सय २५ एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना बाँकेका हुन् ।

यससँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार ४७ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । 

त्यसैगरी पछिल्लो समय एक लाख १५ हजार ४३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १५६ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ७६१, संस्थागत आइसोलेशनमा ३५९, सघन उपचार कक्षमा १७८ र भेन्टिलेटरमा  ३० जनाको उपचार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस